काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक गरेको उचाइ अनुसार ८८४८.८६ मिटर रहेको छ । यसभन्दा अगाडि सगरमाथाको उचाई ८,८४८ मिटरलाई मान्यता दिइएको थियो ।
चीन र नेपाल सरकारका प्रतिनिधिहरूबीच भर्चुअल कार्यक्रममार्फत संयुक्त रुपमा मंगलबार सो उचाइ सार्वजनिक गरिएको हो ।
नेपालको आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलोपटक नापिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको नापी विभागले जानकारी दिएको छ ।