अर्थ

चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु

पोखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल संघ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु गरेको छ ।

कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संघले मंसिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको सुरुआत गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्र्तगत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ ।

पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ ।

संघले १८ वर्षदेखि सो अभियान सुरु गर्दै आएको छ। कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहका तुलाचनले बताए ।

अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागिता रहनेछन् ।

संक्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *