अर्थ

‘स्टार्टअप’लाई सहुलियतपूर्ण कर्जा दिंदै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘स्टार्टअप’ व्यवसायमा सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको छ । 

बैंकले बुधबार ३ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैँयासम्म सहुलियतपूर्ण कर्जा लगानी गर्ने सम्झौता गरेको हो । 

बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन् । 

कार्यक्रममा सहभागी हुनको लागि माघ महिनाभर ‘स्टार्टअप आइडिया कल’को वेबसाइटमार्फत् आवेदन दिन सकिने छ । 

उत्कृष्ट सोच पठाउनेलाई उद्यमशीलता सम्बन्धी निःशुल्क तालिम दिएर राष्ट्रिय वाणिज्य बैंकले कर्जा लगानी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *