पालिका खबर स्वास्थ्य

वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन भएको छ ।

केन्द्र सञ्चालनमा आएपछि वडा नं ६, ७, ८ र १० का गर्भवतीहरु छोटो समयमै स्वास्थ्य संस्थामा पुग्न सक्ने छन् ।

नगर प्रमुख नेत्रराज अधिकारीले प्रसूति सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रका गर्भवतीहरु प्रसूति गराउन बाहिर जानुपर्ने बाध्यता हटेको बताए ।

नगर उपप्रमुख शिवकुमारी थारुले नगरका सबै गर्भवतीलाई प्रसूति सेवा केन्द्रबाट सेवा लिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *