ललितपुर । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी छ ।
करिब तीन वर्ष पहिलेदेखिका अनुमतिपत्र लिनसमेत सेवाग्राही नआएको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले जानकारी दिएका हुन् ।
तिहारपछि अनुमतिपत्र लिन आउने सेवाग्राहीको संख्या कम भएको कार्यालयले जनाएको छ ।
नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र भने छापिन बाँकी छ ।
हाल अनुमतिपत्र नवीकरणका लागि दैनिक तीनदेखि चार सय सेवाग्राही आइरहेको कार्यालयले जनाएको छ। नयाँ अनुमतिपत्रका लागि भने आवेदन खुलेको छैन ।