स्थानिय खबर

धनगढीका सडकका थालियो स्तरोन्नति

धनगढी । धनगढी उपमहानरपालिका क्षेत्रका भित्रका सडक स्तरोन्नतिको गर्न थालिएको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा धनगढीको ट्राफिक चोकदेखि कैलाली नालासम्म एक हजार ३८० मिटर र चटकपुरदेखि क्याम्पस रोडसम्म तीन हजार ६५० मिटर सडक स्तरोन्नति गर्न थालिएको उपमहानगरपालिकाले जनाएको छ । 

यसबाहेक गुल्म–चर्च, क्याम्पस रोड–जाखौर ताल, मालपोत रोड र हसनपुर रोडलगायत सडक पनि स्तरोन्नति गर्न लागिएको छ । आयोजनाअन्तर्गत नाली, फुटपाथ र कतिपय ठाउँमा साइकल लेनसहित झण्डै दश किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको उपमहानगरपालिकाका इञ्जिीनयर व्दिजराज भट्टले बताए ।

‘दोस्रो चरणमा नगर क्षेत्रका थप ३० किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्नका लागि पहल भइरहेको छ’, इञ्जिनीयर भट्टले भने, ‘सबै सडक स्तरोन्नति हुनसकेमा नगर क्षेत्रको मुहारनै फेरिने छ ।’

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड तथा उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्तरुपमा सडक स्तरोन्नति तथा विस्तार कार्यको बुधबार शिलान्यास गरे । धनगढीलाई व्यवस्थित र आकर्षक शहरको रुपमा विकास गर्न सडक स्तरोन्नतिका साथै ढल निर्माण, फोहरमैला व्यवस्थापन, दिसाजन्य पदार्थको व्यवस्थापनलगायत काम गर्न लागिएको जनाइएको छ । 
 
उपमहानगरपालिकाले फोहरमैलाको व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा वर्षौंदेखि खोजी गरिरहेको भए पनि अझै टुंगो लाग्न सकेको छैन । इञ्जिनीयर भट्टका अनुसार उपमहानगरको ठूलो समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापनका लागि झण्डै ४० बिघा जग्गा आवश्यक पर्नेमा वडा–७ को खुटिया नदी छेउमा जग्गाको खोजी भइरहेको बताए । 

एशियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पाँच वर्षअघि नै धनगढी उपमहानगरपालिकामा ४१ किलोमिटर सडक स्तरोन्नति तथा विस्तार गर्ने भनिएको थियो । त्यति बेला गरिएको लागत अनुमान र डिजाइनअनुसार छुट्याइएको बजेट अहिले अपुग हुने देखिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *