काठमाडौं । देशभरका होमस्टे खोल्ने ‘होमस्टे एशोसियसन नेपाल’ ले निर्णय गरेको छ । चितवनमा बसेको एशोसियसनको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै होमस्टे खोल्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण करिब ९ महिनादेखि देशभरका होमस्टे बन्द छन् । दशैंपछि केही स्थानका होमस्टे भने खुलेका छन् ।
होटल, रेस्टुरेन्टलगायत व्यवसाय खोलेकाले होमस्टे पनि सञ्चालन गर्ने निर्णय भएको एशोसियसनले जनाएको छ ।
सरकारले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न अनुमति दिइसकेको छ ।