स्थानिय खबर

भूकम्पले भत्केको गुम्बाको शिलान्यास

मकवानपुर । मकवानपुरको हेटौँडामा एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका–१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको एक करोडको सहयोगमा उक्त गुम्बा निर्माण सुरु भएको बताइएको छ ।

उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यक्ता रहेको प्रमुख महतले भने । भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण निर्माण हुन सकेको थिएन ।

पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *