मकवानपुर । हेटौँडाको हुप्राचौरमा नमूना पक्की सडक निर्माण गर्न सुरु गरिएको छ । हुप्राचौरबाट भैरव रोड जोड्ने नमूना सडकको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरे ।
उपमहानगरपालिकाको ८८ लाखको लागतमा निर्माण गरिने सडकलाई शहरको नमूना सडकको रूपमा विकास गरिने उनले बताए ।
उक्त सडकसँगै पेटीमा गमलासहित फूल रोपिने र अन्य सडकलाई पनि यस्तै बनाउने महतको भनाइ थियो ।
हेटौँडाको विभिन्न १९ वडामा कच्ची एवं फुटेटुटेका सडकलाई सिमेन्टले ढलान एवं पिच गर्ने काम भइरहेको प्रमुख महतले बताए ।