अर्थ

बिकेनन् डोटीका सुन्तला र मौसम

डोटी । जिल्लामा उत्पादन हुने सुन्तला, मौसम,कागती,अमिलोलगायत वस्तुको बजारीकरण गरिदिन किसानले माग गरेका छन् । ती वस्तुले उचित बजार नपाउँदा वर्षेनी खेर जान थालेपछि उनीहरुले सो माग गरेका हुन् । 

ग्रामीण क्षेत्रमा रहेका किसानले निकै मेहनत गरी फलाएका वस्तु समयमै बजारमा पुर्याउन नसक्दा र  उचित मूल्य नपाउँदा बारीमै सडेर तथा कुहिएर जाने गरेका छन् । यस वर्ष कोभिड–१९ का कारणले अझ ती वस्तुले बजार नपाउने अवस्थामा रहेका स्थानीयवासी बताउँछन् । 

कोरोनाका कारण अधिकांश गाउँघरमा आवतजावतमा समेत बन्द छ ।  किसानले उत्पादन गरेका  वस्तु खासै बजारसम्म आउन नपाएको बडिकेदारका  किसान प्रकाशबहादुर मौनीले जानकारी दिए । उनले भने ‘कोरोना त्रासले हामी घरभन्दा बाहिर जादैनौँ, यस्तो अवस्थामा कसरी सुन्तला, कागती बोकेर बजार जानु ।  बरु घरैमा किन्न कोही आए बेच्छौँ, नत्र यस वर्ष त्यत्तिकै खेर जान्छ, ज्यानभन्दा ठूलो केही छैन् ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *