राजनीति

निरोगी जनता भए मात्र देश समृद्ध हुन्छ: मन्त्री थापा

रत्ननगर । गृहमन्त्री रामबहादुर थापाले निरोगी जनता भए मात्र समृद्ध देश निर्माण गर्न सकिने बताएका छन् ।

भरतपुर महानगरपालिका–१ मा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देश समृद्ध हुन पहिला जनता निरोगी हुनुपर्ने उल्लेख गरे ।

‘नेपाली रोगी छन् भने सुखी हुन सक्दैनन्’, उनले भने, ‘सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पनि पूरा हुँदैन । देश समृद्धतर्फ पनि जान सक्दैन ।’

मन्त्री थापाले कोभिड–१९ ले अर्थतन्त्र र समृद्ध नेपाल निर्माणमा ठूलो असर पारेकाले अव स्वास्थ्य हुँदै निरोगी नेपाली, समृद्ध नेपालको निर्माणमा अगाडि बढ्नु पर्ने उनको भनाइ थियो ।

सरकारले यस्ता प्राकृतिक चिकित्सालय निर्माणमा विशेष जोड दिने प्रतिबद्धता पनि मन्त्री थापाले व्यक्त गरे ।

भरतपुर महानगरपालिकाको व्यवस्थापनमा सञ्चालनमा रहेको चिकित्सालयले हालसम्म ३८६ जनाको सफल उपचार गरिसकेको छ ।

प्राकृतिक चिकित्साको मध्यमबाट उपचार गर्ने चिकित्सालयमा लक्षण नदेखिएका बिरामीलाई उपचार गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *