अर्थ

दाङको पत्रेखोलाको पुल निर्माणको काम पुनः सुरु

दाङ । दाङको पत्रेखोलाको पुल निर्माणको काम पुनः सुरु भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने पत्रेखोला पुलको पुनः डिजाइन स्वीकृत भएर आएपछि निर्माण सुरु भएको हो । 

पुलको सुपरस्ट्रक्चर डिजाइन  स्वीकृत भएर आएपछि अहिले पुल ढलानको काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर अमिर सुवेदीले बताए । 

यसअघि सोही खोलामा दुईवटा पिलर मात्रै निर्माण गरिएको थियो । २०७३ मा पुलको सुपरस्ट्रक्चर नमिलेको भन्दै पुनः पुलको डिजाइन गर्नुपर्ने भएपछि पुल निमार्णको काम रोकिएको थियो ।

यही पुसमा काम सक्नुपर्ने भए पनि कोरोनाका कारणले काम सुरु हुन नसकेकाले ६ महिनाका लागि पुनः म्याद थप गरिएको छ ।

दुई वर्षभित्र पुल निमार्णको काम सक्ने गरी २०७१ असोज ११ गते निमार्ण कम्पनी शङ्करमाली निमार्ण सेवाले ठेक्का सम्झौता पाएको भए पनि पटक–पटक म्याद थप गर्दा पनि पुल निर्माणको काम अघि बढ्न सकेको थिएन ।

अहिले पनि पुनः शङ्करमालीले नै निर्माणको जिम्मा पाएको छ । सोही पुल निर्माणका लागि साढे चार करोड बजेट रहेको उनको भनाइ छ । पुल निर्माण नहुँदा यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ । बर्खामा बाढी आएमा आवतजावत नै ठप्प हुने गर्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *