स्थानिय खबर

आजदेखि पशुपतिनाथको दर्शन गर्न पाइने

काठमाडौं । कोरोना भाइरका कारण नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर आजबाट खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिए ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।

मन्दिर खुले पनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुनेछैन । ‘महामारीको संकटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौं । मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउँछौं’, उनले भने ।

नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिदु महासंघको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा सांकेतिक रुपमा विरोध प्रदर्शन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *