स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या अढाइ लाख नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अढाइ लाख नाघेको छ । आज थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ५५५ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ३९ हजार ४१६ कोरोना भाइरसबाटमुक्त भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ८४७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर नौ हजार ७५७ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *