अर्थ

पोखरा र भैरहवा विमानस्थल ग्राउण्ड ह्याडलिङको जिम्मा निगमलाई

काठमाडौं । नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति पाएको छ ।

पाल नागरिक उड्डयन प्राधिकरणको १७ मंसिरको निर्णयले अनुमति दिएको निगमले बुधबार जानकारी गराएको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम पनि राष्ट्रिय ध्वजावाहक निगमले गर्दै आइरहेको छ । 

भर्खरै मात्र निगमले १० वर्षे व्यावसायिक योजना तयार पारेको छ । उक्त प्रतिवेदनमा आगामी तीन वर्षभित्र निगमलाई नाफामा लैजाने, अन्तर्राष्ट्रिय उडानको लागि गन्तव्य थप्नेलगायत योजना समेटिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *