शिक्षा

इलामको माङ्सेबुङमा बाली विज्ञानको कक्षा

इलाम । इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन सुरु भएको हो ।

कक्षा ९ बाट यसै वर्षबाट औपचारिकरूपमा पठनपाठन नै सुरु भएको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान अध्ययन गर्न सुरु गरेका छन् ।

विद्यालयले प्रवेश परीक्षा लिएर छनोट भएकालाई औपचारिक शिक्षाका लागि प्रवेश गराएको हो । परीक्षाबाट ४७ जना उत्तीर्ण भएसँगै अध्ययन सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *