अर्थ

कोरोनाको बीमा भुक्तानी लिनै कठिन

काठमाडौं । कोरोना बीमा गरेर संक्रमित भएकाले दुई महिना भइसक्दा पनि बीमा वापतको रकम पाउन सकेका छैनन् । 

सर्वसाधारणको कुरै छाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित जनप्रतिनिधि र कर्मचारी गरेर एक सयजना संक्रमित भएपछि गरेको बीमा दाबी पाउन सकेका छैनन् । 

बीमा रकम भुक्तानीका लागि दुई महिनाअघि सबै प्रक्रिया पुर्याउँदा पनि उनीहरुले रकम नपाएका हुन् । 

बीमा कम्पनीले संक्रमण पुष्टि भएको ल्याव परीक्षणको रिपाेर्टमा लगाउने छापको मसी नमिलेको भनेरसमेत सेवाग्राहीलाई फर्काउने गरेको गुनासो छ । कालो मसी प्रयोग भएको छाप लगाएको ल्याव रिपोर्टलाई केही कम्पनीले फर्काउने गरेको सेवाग्राहीले बताएका छन् । ‘कालो मसीको छाप चल्दैन, निलो मसीको छाप लगाएर ल्याउनु भन्दै फर्काए,’ बीमा दाबी गर्न पुगेका एक सेवाग्राहीले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *