राजनीति

कांग्रेसलाई संसद् विघटन मान्य छैन: डा.कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संसद् विघटन कांग्रेसलाई मान्य नहुने बताएका छन् ।

प्रेस युुनियन मोरङले आज गरेको पत्रकार सम्मेलनमा उनले ‘संसद् विघटनको कदम असंवैधानिक हो’ भने । उनले प्रधानमन्त्रीलाई संविधानको कुुनै पनि धारामा संसद् विघटन गर्ने अधिकार नभएको दावी गरे ।

संसद् विघटनको कदमले लोकतन्त्र विरोधीलाई बल पुुगेको भन्दै केन्द्रीय सदस्य कोइरालाले सबै राजनीतिक दल विरोधमा लाग्नुुपर्नेमा जोड दिए ।

उनले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि दलहरु मिलेर अघि बढ्नुुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *