अर्थ

नेकपा संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको सो पक्षका पूर्वसांसद् र सांसदको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको निवर्तमान सांसद देवप्रसाद गुरुङले जानकारी दिए ।

बैठकमा अर्का पार्टी अध्यक्ष माधवकुमार नेपालले मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयका बारेमा पूर्वसांसद र सांसदलाई जानकारी गराएका थिए ।

केन्द्रीय कमिटीको मंगलबारको बैठकले ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरी नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको थियो । बैठकमा राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका ११५ जना सदस्यको उपस्थिति रहेको गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *