अर्थ

राजनीतिक घटनाक्रमले सशंकित भएका छौं : निजी क्षेत्र

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले सशंकित बनाएको निजी क्षेत्रका विभिन्न संस्थाहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले आफूहरूलाई चिन्तित बनाएको बताएका हुन् । 

राजनीतिक घटनाक्रमको आर्थिक विकाससँग सम्बन्ध हुने भएकोले उत्पन्न राजनीतिक परिस्थितिले थप अन्योलता सिर्जना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  तीन संस्थाले मुलुक र आर्थिक विकासलाई ध्यानमा राखेर संयमतापूर्वक निर्णय लिन राजनीतिक दलहरूसमक्ष अनुरोध पनि गरेका छन् । 

कोरोना महामारीले अर्थतन्त्रमा गम्भीर असर पारेको बेला देखिएको राजनीतिक उतारचढावले उत्पन्न हुने अस्थिरताको परिणाम थप गम्भीर हुने पनि निजी क्षेत्रले जनाएको छ ।  यसले अर्थतन्त्रलाई मात्रै नभएर आमजनताको जीविकोपार्जनमा समेत गम्भीर असर पर्ने निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *