पालिका खबर

ताेकिएकाे समयमा काम पूरा नगर्ने ठेकेदारलाई नौ पटकसम्म पत्र

सिंजा । नाग्म-गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर–हीरा नमिता जेभिलाई अन्तिम पत्र काटेको छ ।

कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम सुरु गर्न पटक–पटकको निर्देशन अटेर गरेपछि जेभिलाई नवौं पटक पत्र काटिएको जानकारी दिए ।

शुरुआती विन्दु १३ किलोमिटरमा पाँच वर्ष अघि सुरु गरिएको काम अझै सकिएको छैन । बीचैमा काम छोडेर गएको सो निर्माण कम्पनीलाई २०७७ साल पुस २ गते अन्तिम पत्र काम गर्न भनि काटिएको कार्यालयले जनाएको छ ।

२०७३ वैशाख १३ गते सो कम्पनीलाई पहिलो पत्र दिइएको थियो । सम्झौता रकम १० करोड १३ लाख ८ हजार १३० रुपैँया मध्ये सात करोड ९६ लाख १२ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कम्पनीका आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले काम सुरु गर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *