अर्थ

जुम्लामा बेमौसमी तरकारी खेतीप्रति आकर्षण

खलंगा । जुम्लाका स्थानीयवासी बेमौसमी तरकारी खेतीप्रति पछिल्लो समयमा आकर्षण भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि आठवटै स्थानीय तहका स्थानीयावासीका घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् ।

हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन गर्न थालेका तिला गाउँपालिका–१ का स्थानीयवासी भीमबहादुर बुढाले जानकारी दिए ।

उनले भने, ‘जिल्लामा हिउँदको समयमा तरकारी अभाव हुने गरेको छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ ।’ तराईबाट आएको तरकारी महँगो हुने भएपछि घरमै आफैँ उत्पादन गरेको तरकारीले घरमा खानेदेखि बजारमा बिक्री हुने भएकाले यस समयमा यहाँका किसान तरकारी खेतीमा आकर्षित भएको उनले बताए ।

विदेश तथा भारतबाट घर फर्केका युवामा यस पेशमा आकर्षण भई बेमौसमी तरकारी खेतीमा लागेको स्थानीयवासी सरोज केसीले जानकारी दिए । प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि यस समयमा बेमौसमी तरकारी उत्पादनमा यहाँका स्थानीयवासी लागिपरेका स्थानीयावासी उनले बताए ।

सिंजा गाउँपालिका स्थानीयवासी गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन गर्न गाउँका स्थानीयवासीको प्रतिस्पर्धा हुनेगरेको केसीले बताए ।

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको यहाँका बेमौसमी तरकारी खेतीमा लागेकका स्थानीयवासी बताउँछन् । प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा १५ देखि २० मा बिक्री हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *