स्थानिय खबर

हुम्लाको उत्तरी नाम्खाको लिमी पर्यटन गाउँमा छनोट

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा पर्ने ‘लिमी’ गाउँलाई पर्यटन गाउँका रुपमा छनोट गरीएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको छनोटमा लिमी गाउँ आधारमा जिल्लामा पर्यटनको रुपमा विकास छनोट गर्ने निर्णयलाई पारित गरिएको डिभिजन वन कार्यालयका प्रमुख निरज प्रमुख झाले जानकारी दिए ।

पर्यटन गाउँ छनोटका लागि वन कार्यालय, गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका संयोजक तथा अन्य सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । कर्णाली प्रदेशका दश जिल्लाबाट एक÷एक गाउँको छनोट गरेर पठाउनु पर्ने प्रावधानअनुसार यस्तो निर्णय गरिएको उनले बताए ।

पर्यटन प्रवद्र्धनलाई ग्रामीणस्तरमा पुर्याएर दीगो आय आर्जनको माध्यम बनाउन यस्तो नीति तय गरिएको हो । आव २०७७ र ७८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको पर्यटन प्रवद्र्धन कार्यक्रमअनुसार जिल्लाको प्राकृतिक, सांस्कृतिक तथा जैविक क्षेत्रको रुपमा परिचित सो क्षेत्रलाई सबैको सहमतिले लिमीलाई छनोट गरिएको छ ।

यसबाट ग्रामीण पर्यटनको आधार बन्ने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए । कर्णाली प्रदेशबाट लिमीलाई पर्यटकीय गाउँका रुपमा छनोट भएमा सांस्कृतिक तथा प्राकृतिक पर्यटनको नमुनाका रुपमा विकास र विस्तार हुन सक्ने स्थानीयवासीले आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *