अर्थ

उखु किसानको आन्दोलन जारी, माग सम्बोधन कहिले ?

काठमाडौं । उखु किसानहरूले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरू शनिबार पनि सडकमा निस्किएका हुन् ।

विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् ।

चिनी मिल उद्योगीहरूले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने किसानहरूले बताएका छन् ।

चिनी उद्योगीहरूबाट उखु किसानहरूले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो ।

तर, एक वर्षसम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरू यस वर्षपनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *