काठमाडौं । प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले सानदार सुरुवात गरेको छ ।
दाङको लमहीमा आज सुरु भएको प्रतियोगितामा एपीएफले कर्णाली प्रदेशलाई २०४ रनले हराउँदै सानदार जित निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको एपीएफले पुरा ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ११.२ ओभरमा सबै विकेट गुमाएर २४ रनमै समेटिएपछि खेल एपीएफले जितेको हो ।
जितका लागि ज्योति पाण्डे र सीता राना मगरले ९७ रनको साझेदारी गरे। साथै सिताले ६८ रनको अर्धसतकिय पारी खेलिन भने पाण्डेले ३२ रन बनाइन् ।
त्यस्तै सरिता मगर ४४ रनमा अविजित रहिन भने इन्दू वर्माले पनि २२ रनको योगदान दिइन् । पहिलो पारीमा कर्णालीकी दिक्षा पुरीले दुई विकेट लिइन् भने निशा पराजुली र अञ्जु गुरुङले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको कर्णालीका कुनै खेलाडीले जोर अंकमा रन बनाउन सकेनन् । अतिरक्त १५ अंक प्राप्त भएको खेलमा मोनिका राना, लक्ष्मी पुरी, आयुषा टन्डन र सुजता बोगटीले कुनै रन जोड्न सकेनन् ।
यता कर्णालीलाई सस्तैमा समेट्न एपीएफका करुणा भण्डारीले पाँच विकेट लिइन् भने राजमति ऐरीले दुई विकेट लिइन् ।
पहिलो जितसँगै समूह ए मा रहेको एपीएफले दुई अंक जोडेको छ । आजै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा लुम्बीनी प्रदेशले प्रदेश २ लाई ९ विकेटले हराएको थियो ।