राजनीति

संसद् पुर्नस्थापना हुँदैनः मन्त्री गुरुङ

दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसद् पुर्नस्थापना नहुने दाबी गरेका छन् । अदालतले संसद् पुर्नस्थापना गरेमा अलोकतान्त्रिक हुने उनले बताए ।

तनहुँको भिमाद नगरपालिका-३ लोकतान्त्रिक मार्गमा रहेको बडुवा खोलामा निर्माण हुन लागेको पक्की पुलको आज शिलान्यास गर्दै मन्त्री गुरुङले सरकार अनिर्णयको बन्दी हुने अवस्था आएपछि बाध्य भएर मध्यावधि निर्वाचन घोषणा गरिएको बताए ।

‘पाँच वर्षसम्म काम गर्नलाई निर्वाचित गरिएको थियोे । त्यो अवधिसम्म काम गर्न दिनुपर्छ । भागबन्डा खोजेर पार्टीबाट नै काम गर्न नदिएपछि बाध्य भएर सरकारले संसद् भंग गरेको हो’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको घोषणा गरेर जनताको नासो जनतालाई नै फिर्ता गरेको मन्त्री गुरुङले बताए । उनले भने, ‘जनमतमा जानु लोकतान्त्रिक कदम हो ।’ मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार विघटन नहुनेसमेत उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *