अर्थ

काठमाडौं-तराई द्रुतमार्गमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउने

काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्गमा नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउने भएको छ । नेपाल टेलिकम र आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको हो ।

राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधान सम्झौतापत्रमा छ । ७२.५ किलोमिटर सडक नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन छ ।

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र द्रुतमार्ग सडक आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले सम्झौतामा हस्ताक्षर गरे । विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने द्रुतमार्ग निर्माणका क्रममै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख छ ।

तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान-प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्‍ने कार्य गर्नुपर्ने हुन्छ । यस कार्यमा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्नेछ भने अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजनलगायत काम पनि कम्पनीले नै गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *