अर्थ

राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चद्वारा महर्जन सम्मानित, निजी क्षेत्रको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट कार्यसमिति सदस्य पदमा निर्वाचित भएका कृष्णलाल महर्जनलाई नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले सम्मान गरेको छ । राजधानीमा शनिबार एक कार्यक्रम गर्दै महर्जनलाई मञ्चले सम्मान गरेको हो ।

महर्जनलाई सम्मान व्यक्त गर्दै मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले भने, ‘नेपाली सुनचाँदी क्षेत्रका सफल व्यक्तित्व, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव आदरणीय व्यक्तित्व महर्जनज्यू निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनबाट कार्यसमिति पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।’

त्यसैगरी अध्यक्ष लकान्द्रीले सामाजिक भावनाले ओतप्रोत बौद्धिक, चिन्तनशील व्यक्तित्व भएको बताउँदै महर्जनलाई कार्यकालको शुभकामनासमेत दिएका छन् । उनले सुनचाँदी व्यवसायी सधैं समस्यामा हुने गरेको बताउँदै समाधानका निम्ति कसैले पनि ध्यान नदिएको गुनासो पोखे ।

सम्मान तथा बधाई ग्रहण गर्दै कार्यसमिति सदस्य महर्जनले सम्पूर्ण व्यवसायीको हकहतिका लागि आफू प्रतिबद्ध भएर काम गर्ने बताए । सुनचाँदी व्यवसायीले भोग्नु परेको समस्यालगायत निजी क्षेत्रका विषयमा आफूले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने बताउँदै महर्जनले आफूले पनि सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा मञ्चका महासचिव खेम तिरुवालगायत गन्यमान्य व्यक्तिहरूको उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *