काठमाडौं । ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन हुने भएको छ । सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ ।
अहिले विद्युत् गृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको प्रबर्धक बलेफी हाइड्रोपावर कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् लामोसाँघु सबस्टेसनमा जोडिने छ । ७ अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न हुने आयोजनामा करिब ५ अर्ब रुपैयाँ बैंकले कर्जा लगानी गरेका छन् ।