अर्थ

उखु किसानद्वारा आन्दोलन स्थगित

काठमाडौं । दुई हप्तादेखि आन्दोलित उखु किसानले आन्दोलन स्थगित गरेका छन् । सरकारले तीन साताभित्र उद्योगीबाट भुक्तानी दिलाउने सम्झौता गरेपछि आन्दोलन स्थगित भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले २१ दिनभित्र उखु किसानको भुक्तानी दिलाउने सम्झौता मन्त्रालयमा भएको जानकारी दिए । ‘

‘बाँकी अनुदानका विषयमा समेत थप अध्ययन गर्ने सम्झौताअनुसार उहाँहरुले तत्काललाई आन्दोलन स्थगित गर्ने हुनुभएको छ,’ उनले भने।

चिनी उद्योगीलाई बिक्री गरेको उखुको रकम समयमा नपाएपछि उखु किसान दुई साताअघि काठमाडौं आएर आन्दोलनरत थिए । गत साल पनि यही समयमा उनीहरु उखुको भुक्तानीका लागि काठमाडौं आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *