अर्थ

धान उत्पादन ७० हजार टन बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/०७८ मा धान उत्पादन बढेको छ ।  कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवमा करिब ७० हजार टन बढी धान उत्पादन भएको छ ।

मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीका अनुसार चालु आवमा चैते र बर्खे गरी ७० हजार ८३१ टन बढी उत्पादन भएको छ । वर्षभरि ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । गत आवमा कुल ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो । 

यस वर्ष रोपाइँ गर्ने क्षेत्रफल बढेका कारण र मौसम अनुकूल भएकाले पोहोर सालको तुलनामा उत्पादन बढेको सचिव कार्कीले बताए ।

यद्यपि ग्रामीण क्षेत्रमा हुने रोपाइँ तथा धान उत्पादनको तथ्यांक काठमाडौं एवं प्रदेश मन्त्रालय तथा मातहतका कार्यालयबाट संकलन गरिँदै आएकाले सरकारी तथ्यांकको वास्तविकतामा प्रश्न उठ्दै आएको छ ।

सरकारले प्रत्येक वर्ष धान तथा चामलमा आत्मनिर्भर बन्ने योजना अघि सारे पनि विदेशबाट हुने चामल आयात भने बढ्दै गइरहेको सरकारी तथ्यांकले नै देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *