राजनीति

वास्तविक अर्थमा प्रतिनिधिसभा विघटन भएको छैनः दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको विघटन संविधानको मर्म र भावनाविरुद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिए पनि वास्तविक अर्थमा विघटन नभएको बताए

‘सदनभित्र गएर विकल्प खोज्दा देखिएन भने मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ भन्ने व्यवस्था संविधानमा राखिएको हो’ , प्रतिनिधिसभाभित्र सरकार बन्ने चार विकल्प हुँदासम्म विघटन गर्न नसकिने जिकिर गर्दै उनले भने, ‘तर अहिले संविधानको मर्म र भावनामाथि निर्मम ढङ्गले प्रहार गरिएको छ, यो सदन, सार्वभौम सांसद र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानमाथिको प्रहार हो ।’

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिनु बिडम्बनायुक्त भएको बताउँदै उनले भने, ‘सदन विघटन भएको छैन, सदन जीवित छ, सरकार संविधानको मर्म र जनताको भावना विपरीत गएको छ, प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *