अर्थ

वाग्मती प्रदेश सरकारले धुलो दूध उत्पादन गर्ने

वाग्मती । वाग्मती प्रदेश सरकारले  प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध  कारखाना स्थापना गर्न लागिएको हो । 

मुख्यमन्त्री डोरमणि पौडेलले कारखानाकोे आज शिलान्यास गर्दै उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको जानकारी दिए । उनले कारखाना सञ्चालनमा आएपछि सडकमा दूध  पोख्नुपर्ने अवस्था अन्त्य हुने र प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *