स्थानिय खबर

नासफः सत्तलको पुनर्निर्माण सुरु

काठमाडौं । नासफः (सत्तल)को बिहीबारदेखि पुनर्निर्माण सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिका–२१, पद्मसुगन्ध मार्ग, मजिपामा महानगरका मेयर विद्यासुन्दर शाक्यले सत्तलको शिलान्यास गरे ।

सम्पदा विभागका इन्जिनियर तृप्ति रोक्काका अनुसार सत्तल दुईतले हुनेछ । यसको निर्माणमा काठ, चुना, सुर्की, परम्परागत इँटा र झिँगटीको प्रयोग हुनेछ ।

भ्याटबाहेक करिब १६ लाख रुपैयाँको लागतमा सत्तल पुनर्निर्माण हुनेछ । नासफः नित्यनाथ मन्दिर संरक्षण समितिले सत्तलको संरक्षण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *