पालिका खबर

एग्री सेन्टरद्वारा किसानलाई परिचयपत्र

झापा । एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । झापा गाउँपालिका–३ मा रहेको सेन्टरले सामान्य मापदण्ड बनाएर नमूनाका रूपमा किसान परिचयपत्र वितरण शुरु गरेको हो । किसानलाई परिचय पत्र वितरण गर्ने यो जिल्लाकै पहिलो संस्था हो ।

किसानलाई प्रोत्साहन गर्न र युवा वर्गलाई कृषि पेशातर्फ आकर्षण गर्न किसान परिचयपत्र वितरण शुरु गरिएको सेन्टरका अध्यक्ष चन्द्रप्रसाद बस्नेतले बताए । उनका अनुसार सेन्टरले परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकता, नेपालमै स्थायी बसोवास, कृषिमा आत्मनिर्भर हुँदै आएको, घरमा विद्युतीय मिटर जडान गरेको, जग्गाको परिचय खुल्ने विवरण र फौजदारी अभियोग नलागेका व्यक्ति हुनुपर्ने मापदण्ड बनाएको छ ।

सोहीअनुरूप तीन दिन अघिदेखि वितरण शुरु गरेको सेन्टरले सबै मापदण्ड पुगेका सोही गाउँपालिका २५ किसानलाई परिचयपत्र वितरण गरिसकेको उनको बताए । परिचयपत्र वितरणपछि टोकन प्रणाली लागू गर्ने र किसानले खरिद गरेको मल, बीउ, कृषि औजारलगायतमा मूल्य र परिमाणका आधारमा १० प्रतिशतसम्म छुट दिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *