अर्थ

बढाइयो ढल्केबर सब-स्टेसनको क्षमता

काठमाडौं । धनुषामा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सरकारको लगानीमा ग्रिड सब-स्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०/१३२, ३१५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर थप गरेको हो ।

प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सब-स्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरिएको जानकारी दिए । अहिले ढल्केबर सब-स्टेसनमा २२०/१३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । जसको क्षमता ३२० एमभीए छ ।

अब सब-स्टेसनको क्षमता ६३५ एमभीए पुगेको छ । ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३१५ एमभीएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्च गरिएको हो । बाँकी एउटा ट्रान्सफर्मरको जडान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *