काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनर्निर्माण सुरु भएको चार वर्ष पूरा भए पनि अझै सम्पन्न हुन सकेको छैन ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनर्निर्माण पुरातत्व विभागले २०७३ साउनमै सुरु गरेको हो ।
सार्वजनिक जानकारीका लागि पुनर्निर्माण गर्दा निर्माणस्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखी अपारदर्शी काम भएको काठमाडौँ महानगरपालिका–२१ का पूर्ववडाध्यक्ष जुजुकाजी तण्डुकारले बताए ।
देवल पुनर्निर्माण गरिरहेको निर्माण व्यवसायीले माजुदेगः र दशअवतार मन्दिरसमेत पुनर्निर्माण गरिरहेकाले गत वर्ष चैतदेखि काम हुन सकेको छैन । माजुदेगः काठमाडौं महानगरपालिकाको ठेक्कामा व्यवसायीेले ठेक्का पाएको हो ।
दश अवतार मन्दिर भने विभागकै ठेक्कामा यही निर्माण व्यवसायीले जिम्मा पाएको हो । वरिपरि फलामको ठण्डी ठड्याएर राखेको १० महिनासम्म अलपत्र भएको स्थानीयवासी सुनमाया श्रेष्ठले गुनासो गरे ।
यस क्षेत्रकै तीनवटा सम्पदा पुनर्निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले कुनै पनि काम समयमा गरको छैन ।