अर्थ

भेरी बबईमा दोस्रो चरणका काम धमाधम

कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोना महामारीकै अवधिमा दोस्रो चरणको काम हरुधमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणसँगै बाँध तथा विद्युतगृह निर्माणलाई निरन्तरता दिएको हो ।

यहीअवधिमा निर्धारित मितिभन्दा एक वर्ष अगावै सम्पन्न भएको सुरुङ आयोजनालाई हस्तान्तरण गरिएको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले निर्माण गरेको उक्त सुरुङ सिचाइँ विभागलाई हस्तान्तरण गरेको हो ।

अमेरिकी कम्पनीद्वारा निर्मित चालकरहित अत्याधुनिक प्रविधिको टिबिएमले २०७५ चैतमा १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पुरा गरेको थियो । सुरुङ हस्तान्तरण गरेपनि एक वर्षसम्ममर्मत–सम्भारको कामभने कोभेकले गर्नु पर्नेछ ।

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको जनाएको छ । हालसम्म लालपुर्जा भएका४८ परिवारले ५० कित्ता बराबरको मुआब्जा लिएका छन् । आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमा लालपुर्जा भएका सबैलाई मुआब्जा वितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिनबाँकी रहेको बताए । उनले जिल्ला मुआब्जा निर्धारण समितिको निर्णय अनुसार १२ करोड ३५ लाख वितरण गरिएको जानकारी दिए ।

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

सोही सम्झौता बमोजिम नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) को काम सुरु गरिएको छ । गतवर्ष भदौबाट थालिएको सर्ज साफ्टको १२ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ ।

‘साइट क्याम्प निर्माण भइसकेको छ, क्रसर र क्रंक्रिट प्लान्ट उत्पादनका लागि तयारी अवस्थामा छ,’ इन्जिनियर पण्डितले भने, ‘बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई ८०० मिटर जति डाइभर्सन गर्नुपर्नेछ, त्यसको तयारी पनि पुरा भइसकेको छ ।’ बाँधका कारण सडक डुबानमा पर्न सक्ने हुँदा रुट परिवर्तन गर्नुपरेको हो ।

दोस्रो चरणमा विद्युतगृह (पावर हाउस), ब्यारेज, सर्ज साफ्ट लगायतका संरचना पर्दछन् । भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ ।

११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।यी सबै काम सुरु गरिएको आयोजनाको भनाइ छ । कम्पनीले दोस्रो चरणका सबै कार्यहरु आर्थिक वर्ष २०७९÷८० मा सम्पन्नगर्ने कार्यादेश पाएको छ ।

दोस्रो चरणका संरचना निर्माणमा छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । आयोजनाको कूल संशोधित लागतभने ३३ अर्ब १९ करोड रहेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका५ चिप्लेमा १४ मिटर अग्लो बाँधबनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानी खसालेर बबईमा४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *