काठमाडौं । राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । शनिबार राजश्व लिने सबै बैंकका शाखा कार्यालय एवं काउन्टरहरु खुला रहनेछन् ।
