काठमाडौं । चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि आइपिओ खुला गरेको छ ।
दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि १५ करोड ३४ लाख नौ हजार एक सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार नौ सय १० कित्ता सेयरको बिक्री आजबाट खुला गरेको हो ।
पहिलो चरणअन्तर्गत चन्द्रागिरीले यसअघि स्थानीयवासीका लागि चुक्ता पुँजीको दुई प्रतिशत सेयर बिक्री गरिसकेको छ । अहिले खुलेको आइपिओ आवेदन मंगलबार बन्द हुनेछ ।