अर्थ

वाणिज्य बैंकले बनायो मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडर

काठमाडौ ।  राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । बैंकले शुक्रबार आफ्नो व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि.बीच भएको सम्झौतामा अनुसार श्रेष्ठ बैंकको ब्राण्ड एमबास्डरमा नियुक्त भएकी हुन् । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड श्रेष्ठलाई नियुक्त गरिएको बताए ।

कार्यक्रममा मिस नेपाल वर्ल्ड श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन् । कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *