अर्थ

फुडमान्डु अब पोखरामा पनि, सुरुमा ३० प्रतिशत छुट

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुले पोखरामा आफ्नो सेवा बिस्तार गरेको छ । फुडमान्डुले आफ्नो सेवालाई पहिलोपटक काठमाडौं उपत्यकाभन्दा बाहिर विस्तार गरेको हो ।

कम्पनीले २०७७ पुस २३ गते पत्रकार सम्मेलनमार्फत पोखरामा आफ्नो सेवा विस्तार गरिएको र पोखरावासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको छ ।

कम्पनीका सेल्स एन्ड मार्केटिङ चिफ श्यामरत्‍न मालीले पोखराबाट सेवा विस्तार भएको घोषणा गर्दै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।

नेपालको पहिलो फुड अनलाइन डेलिभरी प्लेटफर्मले पोखरावासीलाई सेवा गर्न अहिले ३० वटाभन्दा बढी स्थानीय रेस्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको छ ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले नेतृत्वदायी फुड डेलिभरी भएका कारणले पनि पोखरामा लामो समयदेखि सेवा विस्तार गर्ने योजनालाई अहिले सफल बनाएको जानकारी दिए ।

पोखरामा सेवा विस्तार गर्ने क्रममा कम्पनीले पोखरेलीलाई जनवरी ३१ सम्म ३० प्रतिशत वा तीन सय रुपैयाँसम्मको छुट घोषणा गरेको छ । कम्पनीले सन् २०२१ लाई आफ्नो सेवा विस्तारको वर्षका रुपमा उल्लेख गर्दै आगामी दिनमा थप स्थानमा सेवा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *