अर्थ

हवाई उडानलाई विकेन्द्रीकरण गरिने

काठमाडौं । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताएका छन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आज आयोजित पर्यटन व्यवसायीका समस्या एवं छलफल कार्यक्रममा उनले निजगढ, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको भ्रमणपश्चात् यस सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरी पहल गर्ने जानकारी दिए ।

मन्त्री ढकालले कोभिड महामारीले पर्यटन व्यवसायी धरासायी भएको सम्बन्धमा अवगत भएको बताउँदै उनीहरुलाई दुःख र अप्ठ्याराको समयमा अभिभावक छ भन्ने अनुभूति गराई सकारात्मक ढंगले समस्या समाधानमा प्रयत्न गर्ने विश्वास दिलाए ।

उनले वर्तमान सरकारले धार्मिक पर्यटनमा मुख्यरुपमा ध्यान केन्द्रित गरेको बताउँदै पशुपतिनाथमा आउने भारतीय र लुम्बिनीमा आउने चिनियाँ पर्यटकलाई विश्वासिलो वातावरण पुर्याउन निजी क्षेत्रको सहयोगमा कार्य गर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *