स्थानिय खबर

खानेपानीमा सबैको पहुँच पुर्याउँदै कमल गाउँपालिका

झापा । झापाको कमल गाउँपालिकाले खानेपानीको पहुँच सबै जनतामा पुर्याउने उद्देश्यले रु दुई करोडभन्दा बढीको खानेपानी पाइप खरीद गरेर विस्तार गरेको छ ।

सात वडा रहेको यस पालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गौरवको योजनाअन्तर्गत नै खानेपानीको विस्तारलाई अघि बढाएको छ ।

पालिकाका अधिकांश बासिन्दाले यसअघि कल तथा इनारको पानी प्रयोग गर्दै आएका थिए । पालिकाकी अध्यक्ष मेनुका काफ्लेले खानेपानीको पहुँच नै नपुगेका वडा नं १ र ७ सहित पालिकाभरि नै खानेपानीको विस्तार गर्ने योजनाका साथ काम भइरहेको बताइन् ।

‘स्वस्थ पानी पिउने हरेक जनताको नसैर्गिक अधिकार हो’, उनले भनिन्, ‘उहाँहरुको अधिकारलाई सुनिश्चित गर्ने कर्तव्यअनुसार तीव्ररुपमा पाइप लाइन विस्तार र ट्याङ्की निर्माणको काम धमाधम भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *