पालिका खबर

ज्येष्ठ नागरिकलाई गाउँपालिकाको कम्बल कोसेली

बझाङ । चिसो बढ्दै गएपछि एक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल कोसेली दिएको छ । खप्तड छान्ना गाउँपालिकाले ७० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई एक/एक कम्बल दिएको हो ।

गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रमअन्तर्गत सबै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेपछि उनीहरु खुसी भएका हुन् ।

गाउँपलिकाका सात वडामा रहेका एक हजार पाँच जनालाई कम्बल कोसेली दिइएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए ।

उनले प्रायःजसो गाउँमा जाँदा चिसोका समयमा सबै भन्दा बढी ज्येष्ठ नागरिकलाई समस्या हुने गरेकाले कम्बल कोसेली दिइएको जानकारी दिए ।

अध्यक्ष रोकायाले यसका साथै ज्येष्ठ नागरिकलाइ घरघरमै गएर वर्षमा दुई पटक स्वास्थ्य परीक्षणका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बताए ।

गएको वर्ष पनि गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *