राजनीति

प्रदेश प्रमुख शेरचनद्वारा माघे संक्रान्तिको शुभकामना

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खुशीयालीस्वरुप विशेष उत्साह र उमंगका साथ विभिन्न समुदायले मनाउने माघे संक्रान्ति पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको बताएका छन् ।

माघे संक्रान्ति पर्वको अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उनले मगर समुदायका माघे संक्रान्ति, थारू समुदायका माघी, गुरुङ समुदायका माङी ल्हें, छन्त्याल समुदायका छार म्हेङ, तीन गाउँले थकाली समुदायका नयाँ वर्ष २१४८ (गाई वर्ग–ल्हाङल्हो) का अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन्

‘नेपाल सरकारले माघे संक्रान्तिलाई औपचारिकरूपमा मगर तथा थारू समुदायको राष्ट्रिय पर्वको मान्यता दिएको छ’, उनले सन्देशमा भने, ‘यसलाई मुलुकका प्रायः सबै समुदायले धुमधामका साथ परम्परागतदेखि नै मनाउँदै आएको पाइएको छ ।’

विभिन्न समुदायमा यसलाई फरक–फरक नामले पुकारिए पनि समग्रमा माघे संक्रान्ति पर्व जाडोको अन्त्य हुने र न्यानोको आगमन हुने दिन भएको सन्देशमा उल्लेख गरिएको छ ।

सन्देशमा भनिएको छ, ‘पूर्वजहरु कन्दमूलबाटै जीवनयापन गरेको दिनलाई पनि यस पर्वले पुनः स्मृतिको ऐतिहासिक सम्झना हाम्रा पुसमा पकाएर माघमा खाने तरुल, सखरखण्ड आदि फलहरु खाने चलनको निरन्तरता कायम रहिआएको उदाहरणबाट माघे संक्रान्ति पर्वको नेपाली समुदायमा अत्यन्त ठूलो महिमा छ भन्ने प्रमाणित हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *