अर्थ

पोखरा विमानस्थलको काम ७० प्रतिशत सकियो

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पोखरा विमानस्थल उत्कृष्ट रहेको बताएका छन् ।

विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा पोखरा पुगेका ढकालले पोखरा विमानस्थलको निर्माण प्रगतिले खुसी भएको बताए ।

भैरहवा विमानस्थलको स्थलगत अवलोकनपछि मन्त्रीले बनावट र निर्माण प्रगति पोखराको राम्रो भएको बताए ।

पोखरा विमानस्थलको स्थलगत अवलोकन पछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधै तयार रहेको भन्दै मन्त्री ढकालले समयमा निर्माण सम्पन्न भई संचालनमा ल्याउन सरकारले तयारी थालेको बताए ।

सरकारको ध्यान नपुगेका कारण विलम्बन भएका काम र समस्यालाई समयमा हटाउन पहल लिने पनि उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अहिले सम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भैइसकेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *