खेलकुद

फागुन २९ देखि २२ गतेसम्म बागमती प्रदेशस्तरीय वक्सिङ प्रतियोगिता हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय वक्सिङ प्रतियोगिता आगामी फागुन २९ देखि २२ गतेसम्म हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन वक्सिङ खेलकूद समितिको आयोजनामा पहिलोपटक आयोजना हुन लागेको हो ।

काठमाडौंको स्युचाटारमा आयोजना हुने उक्त प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ८१ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौलमाथिको समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले दश हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ७ र तेस्रो हुने खेलाडीले चार हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएको छ ।

प्रतियोगिता सञ्चालनका लागि नागार्जुन नगरपालिकाले २० लाख आर्थिक सहयोग गर्ने भएको छ । चार दिनसम्म सञ्चालन हुने सो प्रतियोगिताको बजेट ३० लाख अनुमान गरिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि नगरप्रमुख मोहनबहादुर बस्नेतको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यसैगरी सन्तोष बुढाथोकीको अध्यक्षतामा गठित नागार्जुन वक्सिङ खेलकूद समितिले मार्ग निर्देशन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *