राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध विराेध प्रदर्शन गर्ने कांग्रेसकाे तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित प्रदर्शनमा सहभागिताका लागि आग्रह गरेका छन् । 

कांग्रेसले यसअघि गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

विज्ञप्तिमा यसपटक सबै स्थानीय तहबाट विरोध प्रदर्शन गरिने उल्लेख गरिएको छ । देउवाले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरूद्ध प्रदर्शनमा जुट्न सबै नेता तथा कार्यकर्तालाई भनेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *