पालिका खबर

झारफुक गर्ने भन्दै फलाम तताएर डाम्दा एकको मृत्यु, दुई घाइते

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका १ ओख्रेनीमा ढाड दुखेकाे निको पारिदिने भन्दै तातो फलामले डाम्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रड, पाइपलगायतका फलाम तताएर डाम्दा गुल्मीको इस्मा गाउँपालिका–३ का ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भएको हो । घटनामा उनकै छोरा ३४ वर्षीय हुमबहादुर मुखिया र रेसुंगा नगरपालिका–५ की ४० वर्षीया टोपला दमाई गम्भीर घाइते भएकी छन् । तातो फलामले डामेकाले उनीहरुको शरीरभर पोलेको घाउ छ । गुल्मी अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । 

मालिका गाउँपालिका–६ अर्जे घर भई तीनधारामा भाडामा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठले मृतक मुखियाको ढाड दुख्ने समस्या निको बनाउने भन्दै रड तताएर डामेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुखिया झारफुकका लागि पुस २५ देखि सधैंजसो श्रेष्ठको घरमा जाने गरेका थिए । प्रहरीले श्रेष्ठ दम्पत्ति दुवैलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *